काठमाडौं । हिजो बढेको नेप्सेमा फेरि आज बुधबार भारी अंकको गिरावट आएको छ । हिजो मंगलबार नेप्से ७९.४३ अंकले बढेर दुई हजार ९ सय १३ दशमलब ८४ विन्दुमा पुगेको थियो । लगानीकर्तालाई निराश पार्दै आज नेप्से ५३.८८ अंकले घटेर दुई हजार ८ सय ५९ दशमलब ९६ विन्दुमा थामिएको छ । त्यस्तै, आज ८ अर्ब ३६ करोड २६ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा राद्यी विद्युत कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज १५ वटा कम्पनीको मात्रै शेयरमूल्यमा बृद्धि भएको छ । १६५ वटा कम्पनीका लगानीकर्ताले आजको कोरोबारमा गुमाएका छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ५४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । गत साता नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्न थालेको हो ।




