समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि ८ अर्ब ५९ करोड ८१ लाखमा खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ११.६८ अंकले घटेर दुई हजार सात सय ७१ दशमलब ६८ विन्दुमा थामिएको छ ।

आज शेयर बजारमा कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ५९ करोड ८१ लाख बराबरको कारोबार भएको छ । यस अघि २ दिन देखी सेयर कारोबार घटेको छ । कारोबार भएका समूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कालिका पावर कम्पनी र लुम्बिनी विकास बैंक रहेका छन् ।

त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *