समाचार

नेप्सेमा ६.४७ अंकको गिरावट, चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से ६.४७ अंकले घटेर दुई हजार आठ सय १६ दशमलब ६० विन्दुमा थामिएको छ ।

नेप्सेका अनुसार आज ११ अर्ब १३ करोड ३३ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ७ समूह बाहेक अन्य समूह बढेका छन् ।
जब कि हिजो सोमबार नेप्सेमा १३ अर्ब १७ करोड ५३ लाख बराबरको कारोबार भएको थियो ।

आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा माउण्टेन हाइड्रो नेपाल, घलेम्दी हाइड्रो, बरुण हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी रहेका छन् ।

बरुण हाइड्रोको प्रतिकित्ता ४४ ले बढेर अन्तिम मूल्य ४८६,माउण्टेन हाइड्रोको शेयरमूल्य प्रतिकित्ता ३४ ले बढेर अन्तिम मूल्य ३७९, युनिभर्सल पावरको प्रतिकित्ता २५ ले बढेर अन्तिम मूल्य २७९ र घलेम्दी हाइड्रोको प्रतिकित्ता २२ ले बढेर अन्तिम मूल्य २४७ रुपैयाँ कायम भएको हो ।

त्यस्तै, आज मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावर कम्पनीको भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *