ताजा समाचार

नेप्सेमा बुधवार झिनो अङ्कको गिरावट, २.८५ अंकले तल झ¥यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्से बुधवार झिनो अङ्कको गिरावट देखिएको छ। नयाँ रेकर्ड बनाउँदै हाल सम्मकै उच्च २६९४ बिन्दुमा पुगेको नेप्से कारोबार बन्द हुँदा २६७१ दशमलव ६१ अङ्कमा रोकिएको छ। यो सँगै नेप्से परिसूचक अघिल्लो दिनको भन्दा २.८५ अंकले तल झरेको छ।

बुधवार ७ अर्व माथिको कारोबार हुँदा एक करोड ६३ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको हो। आजको कारोबारबाट नेप्सेमा सूचीकृत ८२ कम्पनीका लगानीकर्ताले कामै भने ८७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नेप्सेका अनुसार ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

कारोबार रकम भने ७ अर्ब नाघ्यो । दिनभर भएका ७५ हजार २६५ कारोबारबाट २१५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ पुगेको छ ।

समूहगत इन्डेक्सहरु धेरै जसो घटेका छन् । व्यापार समूह १६३ अंकले घटेको छ घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको छ । निर्जिवन बीमा समूह, उत्पादन मूलक जीवन बीमा र लगानी समूहमा रहेको कम्पनीहरुको पनि सेयर मूल्य घटेको छ ।

उता बैंकिङ समूहको सब इन्डेक्स भने ५ दशमलव २३ अंकले बढेको छ भने होटल तथा पर्यटन २३२ दशमलव ६४ अंकले उकालो लागेको छ । विकास बैंक ४० दशमलव ५२ अंकले उकालो लाग्दा लघुवि१ १०७ दशमलव ४४ अंकले बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *