अर्थ

आज पनि नेप्सेमा नयाँ रेकर्ड

काठमाडौँ। नेपाल स्टक एक्ससेञ्ज नेप्सेले साताको तेस्रो दिन मङ्गलवार समेत नयाँ रेकर्ड कायम गरेको छ। आजको कारोबारबाट नेप्से हालसम्म कै सर्वाधिक उच्च २ हजार ६ सय ७४ अङ्कमा पुगेको हो। अघिल्लो दिन भन्दा १५. ७२ अङ्कले नेप्से बढेको हो।

आज ७ अर्व ४० करोड भन्दा माथिको कारोबार हुँदा नेप्सेमा सूचीकृत १०३ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन्। त्यसै गरी ६० वटा कम्पनीका लगानीकर्ताले भने उत्साहप्रद बजारमा समेत निराश बन्नु परेको छ। १७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन।

मङ्गलबार सबैभन्दा बढी कारोबार निफ्राको भएको छ। त्यसैगरी सर्वाधिक कमाउने कम्पनीमा भने चिलिमे हाइड्रो पावर रहेको छ। हिजो मात्र लाभांश घोषणा गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको मुल्यमा १३१० रूपयाँको गिरावट आउँदा सो कम्पनीका लगानीकर्ता सर्वाधिक गुमाउनेमा परेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *