अर्थ

साढे ३७ हजारले मात्र पाए महिला लघुवित्तको १० कित्ता सेयर

काठमाडौं । महिला लघुवित्तको १० कित्ता सेयर साढे ३७ हजारले मात्र पाएका छन् । शुक्रबार बिहान महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर ९आईपीओ० आज बाँडफाँट भएको हो ।

सीमित संख्यामा निष्काशन भएको आईपीओमा उच्च आवेदनका कारण महिलाको आईपीओ साढे २ प्रतिशत आवेदकले मात्रै पाएका हुन् ।

लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँड गरिएको छ भने सामूहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको छ ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसारमा शुक्रबार बिहान ८ बजे धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको थियो भने ३ हजार ३५३ आवेदकको आवेदन रद्द गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *