काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शक्रवार युनाईटेड इदी मर्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीको शेयर सूचीकृत भएको छ । कम्पनीको ४२ लाख कित्ता शेयर सूचीकृत भएको हो ।
अब कम्पनीको शेयर दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू. ९८ दशमलव ७९ देखि रू. २९६ दशमलव ३७ सम्म तोकेको छ ।
नेप्से कम्पनीको नेटवर्थ तीन गुणासम्म पहिलो कारोबारको लागि ओपन रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल ‘युएमआरएच’ रहेको छ । कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।




