अर्थ

रिक्त गर्भनर पदका लागि छनौट समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद खाली भएको १२ दिनपछि सरकारले छनोट समिति बनाएको छ । नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिमा पूर्व गभर्नरबाट विजयनाथ भट्टराई र विज्ञबाट पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य रहेका छन् ।

समितिले एक जना डेपुटी गर्भनर सहित तीन जनाको नाम गभर्नरका लागि सिफारीस गर्नेछ । त्यसबाट मन्त्रीपरिषद्ले गभर्नर छनोट गर्नेछ ।चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै चैत ५ गतेदेखि गभर्नर पद खाली छ । बरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले कामू गभर्नरको पद सम्हाल्दै आएका छन् । ऐन अनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै गभर्नर नियुक्ती गर्न सकिने व्यवस्था छ । तर, यसपटक भने अर्थमन्त्री खतिवडाको कार्यकाल विवाद, प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण र करोना भाइरस त्रासलगायतका कारण गभर्नर नियुक्तीको विषय ओझेलमा पर्दै आएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *