एजेन्सी । भारतस्थित आसाममा भारतीय जनता पार्टी (भाजपा) की एक महिला नेतृले गरेको आत्महत्या प्रकरणमा नाम जोडिएपछि भाजपाकै एक पुरुष नेतालाई बर्खास्त गरिएको छ।
भाजपा किसान मोर्चाकी ती महिला नेताले शुक्रबार गुवाहाटीस्थित आफ्नै घरमा आत्महत्या गरेकी थिइन्। प्रारम्भिक रिपोर्ट अनुसार उनले निद्रा लगाउने धेरैवटा चक्की खाएर आत्महत्या गरेकी थिइन ।
आफ्नो अन्तरंग फोटो सार्वजनिक भएपछि ती महिला नेताले आत्महत्या गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा उनीसँग तिनै भाजपा नेताको तस्बिर भेटिएपछि सोही आधारमा उनलाई पार्टीले बर्खास्त गरेको स्रोतले जनाएको छ ।
महिला नेताले आत्महत्या गर्नासाथ भाजपाका आसाम अध्यक्ष भावेश कलिताले ती पुरुष नेतालाई तत्काल बर्खास्त गर्न आदेश दिएका थिए।




