सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ ।
सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा रोहिंग्या शरणार्थी वोकेका जहाजह दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
युएनएचसीआरको तथ्याङ्कअनुसार यो यस क्षेत्रका लागि सबैभन्दा घातक वर्ष सन् २०२५ रहेको उहाँले बताउनु भएको छ ।
उहाँले गत वर्ष खतरनाक समुद्री पार गर्ने प्रयास गरेका छ हजार ५०० भन्दा बढी रोहिंग्याहरूमा हरेक सातमध्ये एक जना बेपत्ता भएकोे रिपोर्ट गरिएको उल्लेख गर्नु भएको छ ।
रोहिंग्याहरूले हरेक वर्ष सहज जीवन यापनको खोजीमा खतरनाक समुद्री यात्रा गर्दा मानव बेचबिखन नेटवर्कहरूद्वारा सञ्चालित डुङ्गाहरूमा यात्रा गर्ने गरेको जनाइएको छ ।
अधिकांश रोहिंग्या शरणार्थीहरू अनुमति दिए पछि स्वेच्छिक, सम्मानजनक र सुरक्षितरुपमा म्यानमार फर्कन चाहेको उहाँले बताउनु भएको छ ।
यसैबीच, कोषको अभावले बङ्गलादेशमा मानवीय सहायतामा कमी आउदा शिविरहरूमा असुरक्षा र शिक्षा र जीविकोपार्जनमा सीमित पहुँचले शरणार्थीहरूलाई खतरर तिर धकेलेको उहाँले बताउनु भएको छ ।
युएनएचसीआरको तथ्याङ्कअनुसार हालैका वर्षहरूमा त्यस्ता सिमाहरू गर्ने प्रयास गर्नेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका थिए ।
केहि दिन अघि अन्डमान सागरमा करिब २८० रोहिंग्या शरणार्थी र बङ्गलादेशी आप्रवासी बोकेको डुङ्गा दुर्घटना भएको खबर सार्वजनिक भएको केही दिनपछि उहाँको टिप्पणी आएको हो ।
बङ्गलादेशी अधिकारीहरूले नौ जनालाई उद्धार गरिएको बताएका छन् ।
जहाज दुर्घटना हुँदा “अनुमानित २५० जना बेपत्ता“ भएको उहाँले बताउनु भएको छ ।




