
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शन प्रकरणमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र कमाण्डर दुर्गा प्रसाईंसहितलाई तीन दिन थप हिरासतमा राख्ने अदालतले अनुमति दिएको छ ।
उनीहरूमाथि यसअघि पनि विभिन्न पटक गरी म्याद थपिएको थियो। हाल परिसर हिरासतमा ६४ जना छन् भने ८५ जनाविरुद्ध अनुसन्धान भइरहेको छ । हाजिरी जमानीमा रिहा गरिएकाहरूमाथि पनि मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
गत चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा राजधानीको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो । घटनापछि फरार रहेका प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरेर काठमाडौं ल्याएर अनुसन्धान जारी छ ।