राजनीति

कांग्रेस र एमाले नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयलाई केन्द्रित बनाएर कांग्रेस एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको हो ।

प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा पेचिलो बनेको बीआरआईको विषयमा सत्तारुढ दलले समान धारणा बनाएका छन्। त्यसका लागि कार्यदल नै बनाइएको थियो ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, एमालेबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा सहभागी थिए ।

आजै मात्रै प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सकेर परराष्ट्रमन्त्री आरजु राणा चीनबाट फर्किइन् । उनले चिनियाँ पक्षहरुसँग बीआरआईको विषयमा देशको अवस्थाले गर्दा अहिले ऋण लिन नसक्ने भन्दै अनुदानमा पहल गर्नेबारे कुराकानी गरेको विमानस्थलमा सञ्चारकर्मीहरुलाई बनाइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *