श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट
उपस्थित महिला तथा सज्जनवृन्द,
भैरहवामा बक्सेको सम्बोधन
पवित्र लुम्बिनी क्षेत्रको यो समथर सुन्दर नगरीमा आएर केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ । आयोजक प्रबन्धकर्ता सबैमा धन्यवाद ।
नेपाल, बुद्ध जन्मेको देश, सगरमाथाको देश सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश । अनि अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश । यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति मूल्यमान्यता तथा सभ्यता भएर पनि आज हामी कताकता हराइरहेकाछौं कताकता आफै हारिरहेकाछौं ।
देश म जता जाउँ जहाँ पुगौं जनआवाज उठेको सुन्छु मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ ( देशको सभ्यता र समृद्धि बढाउ यहाँ खडा भएर म भन्दछु म बोलिरहेछ, बनोस्, देश बचोस् भन्ने आफ्ना पुख्यौली भावना इच्छा आकाँक्षा पोखिरहेछु । म कतै अन्त गएको छैन( सदा सदा नेपालीका साथमा छु( नेपाल भित्रै छु – नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालीरहेकोछु । समाज, कानून र व्यवस्था विना अस्तित्वमा रहनु हुँदैन। देश सुहाउँदो र बलियो आविष्कारहरु मार्फत अगाडी बढ्नु पर्छ । तर आज देश जर्जर भएको छ ।
बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौ युवाजनशक्ति विदेशिएको छ । देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो । यस्तो अवस्थाको अन्त हुनु पर्दछ । देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ ।
राष्ट्रिय उत्साह प्रतिभाको महान निवास हो । वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ। हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रको अस्तित्व माथि आज खिया लाग्दै गइरहेको छ हामी झन परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन ।
सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचीरहेका छौं । नेपाल भित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ भित्र तथा
थ्यग कभलत
बाह्य शक्तिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामी कहाँ छ तर हामीलाई लाग्दछ नेपाल राष्ट्रको एकिकरण देखि आधुनिकिकरण सम्मका यावत प्रकृयामा हामी नेपालीहरु कै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन । त्यसैले के गर्दा र के कस्तो विधी व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ त्यो हामी आफैले तय गर्ने विषय हो। हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्दछ ।
त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौं अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं देश हामीले नै बनाउने हो ज्ञ परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।
हाम्रै श्रोतसाधनको हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौं । हामी सबैको भविष्य,सुख शान्ति यसैमा छ ।विगतको सबै दुःख बिर्सिदेउँ मायाले मायालाई भरिदेउँ,घृणाको आगोलाई कर्त जलाइ देउ,पहिले यो आगोलाई मिलेर निभाइ देउ, भाग्यको सिमा हँदैन, हुनु पनि हुँदैन, अब भाचिएको टुक्राहरु जोडी देउ, उत्पीडनको गुनासो कहिले सम्म सुन्ने, पहिले अन्याय अत्याचार मुक्त गरिदेउ,
अनुहार फेरि फेरी षडयन्त्र नगर,
त्यस्ताको चालबाट आफुलाई बचाइदेऊ
सबैमा फेरि एकपटक हाम्रो धन्यवाद,
जय नेपाल
भैरहवा
२०८० पुष १९ गते




