खेलकुद

भारतलाई झट्का, अलराउन्डर हार्दिक पाण्डेय घाइते

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा भारतका अलराउन्डर हार्दिक पाण्डेय घाइते भएका छन् ।

अहिले जारी बंगलादेशविरुद्धको खेलमा बलिङ गर्नेक्रममा घाइते भएका हार्दिक ०.३ ओभर बलिङ गरेपछि घाइते भएपछि मैदान छोडेका थिए । हार्दिक मैदान बाहिर गएपछि उनको ओभर विराट कोहलीले पुरा गरेका थिए ।

उनको एन्कल ट्वीष्ट भएको बताइएको छ र अहिले हार्दिकको स्क्यान गर्न लागिएको बोर्डले जानकारी दिएको छ ।

हार्दिकले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । उनले यसअघिका तीन खेलमा कुल ५ विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *