काठमाडौं। सरकारले एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
सहरी विकास मन्त्रालयका ४६९, शिक्षा, विज्ञान तथा प्रविधिका ७४, कानुन न्याय तथा संसदीय मामिलाका ५८, कृषि पशुपन्क्षी विकास मन्त्रालयका १९, वन तथा वातावरणको ३८ गरेर सरकारले एकसाथ ६५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।




