स्थानीय तह निर्वाचन-२०७९

सर्लाहीको लालबन्दीमा कांग्रेस विजयी

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा एमालेलाई पाखा लगाउँदै नेपाली कांग्रेसले बाजी मारेको छ । गठवन्धनका उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् ।

मेयरमा कांग्रेसका बासुदेव अधिकारी १ हजार ६७८ मतान्तरले विजयी भएका हुन् । उनले ९ हजार ५६१ मत पाउदा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत मात्र पाए ।

उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी भएकी हुन् । उनले ८ हजार ८५० मत पाउदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गरिन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बनेको थियो । तर, गठबन्धनका उम्मेदवार तेस्रोमा झरेका छन् माओवादीबाट मेयरका उम्मेदवार प्रल्हादकुमार बुडाथोकीले ६ हनार १७५ र एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्दप्रसाद अधिकारीले ३ हजार ६४१ मत प्राप्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *