सम-सामयिक

स्थानीय निर्वाचन : लमजुङमा महाधिवेशन प्रतिनिध कांग्रेसका विद्रोही उम्मेदवार कारबाहीमा

काठमाडौं । स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएको छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र कारबाहीमा परेका हुन् ।

श्रेष्ठले बेसीशहर नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए । श्रेष्ठ र उनको प्रस्तावक र समर्थकलाई कांग्रेसको संशोधित विधान अनुसार साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको कांग्रेस लमजुङ सभापति डा. टकराज गुरुङले बताए ।

मिश्रले सुन्दरबजार नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *