मुख्य समाचार

अब विदेशबाट उद्धार गर्नुपर्ने कोही नेपाली छैन: सीसीएमसी

काठमाडौं। सरकारले कोरोनाको कारण समस्या परी स्वदेश फर्कनैपर्ने अवस्थामा अबदेखि कोही नेपाली नरहेको बताएको छ । आज बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले उक्त निष्कर्ष निकालेको हो ।


सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले कोही नेपाली विदेशमा समस्यामा परी अब उद्धार गर्नुपर्ने अवस्था नरहेको बताउँदै कोही बाँकी रहेको भए नियमित उडानबाट आउन सक्ने  बताए ।अब चाटर उडान र कूटनीतिक निकायबाट उद्धार आवश्यक नरहेको आज बसेको बैठकले निष्कर्ष निकालेको सचिव गुरागाईंले बताए ।

विदेशमा ज्यान गुमाएका नेपाली शव स्वदेश ल्याउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई व्यावस्थापनको जिम्मा दिने निर्णय भएको उनले बताए।कोरोनाका कारण असहज परिस्थितिका कारण हालसम्म साठी मुलुकबाट १ लाख ३६ हजार ३९३ जनाको उद्धार गरिएको छ ।

यस्तै, सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरिएको छ । केबलकार, जङ्गल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको छ ।

बैठकले स्थानीय तहमा होम आइसोलेशनमा बसेका नागरिकलाई स्वास्थ्य परामर्श दिनका लागि स्थानीय तहका वडाबाट स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श गर्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालयबाट अनुरोध गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

त्यस्तै बैठकले बिदेशी कुटनीतिकका कर्मचारीहरु नेपाल आउनलाई अनुमति भएकामा परिवार समेत आउन पाउन पाउने गरि छुट दिन मन्त्रिपरिषद्मा प्रस्ताव गरिने गुरागाईले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *