काठमाडौं । नेपाल क्रिकेट संघले कारबाही गरेका कप्तान त्रानेन्द्र मल्लसहितका खेलाडीहरु बन्दसत्रमा सहभागी नहुने सम्भावना बढेको छ।
क्यानले क्यानले आगामी फेब्रुअरीमा हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बन्द प्रशिक्षण बोलाएको छ ।
जसका लागि शनिबारसमम बन्द प्रशिक्षणमा बोलाएका ३० जना खेलाडीलाई होटलमा रिपोर्टिङका लागि निर्देशन दिएको थियो । तर ज्ञानेन्द्र मल्लसहित कारबाहीमा परेका तत्कालीन उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी होटलमा पुगेका छैनन् ।




