देश

कांग्रेस जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामाको जित, महिला र पुरुषतर्फ पनि नयाँ अनुहार निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजाति सहमहामन्त्रीमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा निर्वाचित भएका छन्। उनले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पारेका हुन्। निर्वाचनमा ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।

महाधिवेशनअन्तर्गत आदिवासी जनजाति महिला केन्द्रीय सदस्यतर्फ आठ जना निर्वाचित भएका छन्। यसतर्फ गीता गुरुङले सर्वाधिक २ हजार ८५९ मत प्राप्त गरेकी छन्। त्यस्तै, डा. गंगालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछा मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीताकुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका छन्। महिला केन्द्रीय सदस्यका आठ पदका लागि ३४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

यसैगरी, आदिवासी जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ १२ जना निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार तीर्थ लामा ४ हजार ४२५ मतसहित पहिलो स्थानमा रहे। ई. अनुप श्रेष्ठले २ हजार ५५१ र डा. प्रेमध्वज लामाले २ हजार ५०५ मत प्राप्त गरे। त्यस्तै, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

पुरुषतर्फ खुला १२ पदका लागि ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने पदहरूमा नयाँ नेतृत्व चयन भएको छ। सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मको निर्वाचन परिणामले पार्टीको केन्द्रीय संरचनामा जनजाति समुदायको प्रतिनिधित्वलाई थप स्पष्ट पारेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *