राजनीति

पार्टीभित्रको लामो समयको विवादपछि एमाले वरिष्ठ नेता भण्डारीद्धारा शपथ

काठमाडौं । पार्टीभित्र देखिएको आन्तरिक विवादपछि पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई सपथ गराएका हुन् ।

बिहीबार बसेको. पार्टीको स्थायी कमिटी बैठकमार्फत उनले शपथ लिएको एमालेले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारीलाई केहीदिनअघि एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो । एमालेले बरिष्ठ उपध्यक्षमा चयन गरेपछि उनी पहिलो बैठकमा उपस्थित भएकी हुन् ।
गत ८ असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *