देश

ओलीबाट शपथ लिएसँगै एमाले राजनीतिमा फर्किइन् विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को वरिष्ठ नेताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेकी छन्।

एमालेको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राष्ट्रपतिको कार्यकाल पूरा भएपछि भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन्। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी भण्डारीको कार्यकाल सकिएपछि पार्टी राजनीतिमा उनको भूमिकालाई लिएर चर्चा हुँदै आएको थियो।

एमालेले यसअघि असोज ८ गते भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको थियो।

वरिष्ठ नेताको जिम्मेवारीसँगै भण्डारीलाई पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने जिम्मेवारीसमेत दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *