देश

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंसँग २ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

असार १२ गते प्रसाईंलाई .साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । प्रसाईँले सामाजिक संजालदमा कसैलाई आघात पुग्ने अभिव्यक्ति दिएको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *