काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि सडकमा बसमा आगलागी भएको छ । सोमबार दिउँसो सवा १२ बजेतिर एक्कासि रिद्धिसिद्धि बसमा आगो लागेको हो ।
आगलागी के कारणले भएको हो भन्ने खुलेको छैन । अहिले आगो नियन्त्रण लिन दमकल, प्रहरी, स्थानीय जुटेका छन् । थप विवरण आउन बाँकी छ ।




