काठमाडौं।सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई सम्बन्धित मुलुकका लागि राजदूतमा सिफारिस गरेको हो।
सिफारिस भएका नाम संसदीय सुनुवाइ प्रक्रियामा जानेछन्। सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ।सरकारले राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएसँगै लामो समयदेखि रिक्त रहेका विभिन्न नेपाली कूटनीतिक नियोगमा नयाँ नेतृत्व जाने बाटो खुलेको छ।
कुन देशमा को ?
१. भारत — डा. निश्चलनाथ पाण्डे
२. चीन — डा. कल्याणराज शर्मा
३. संयुक्त राज्य अमेरिका — चिरनजंग थापा
४. संयुक्त अधिराज्य (यूके) — पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त)
५. जापान — जिग्यान कुमार थापा
६. इजरायल — सुरेशकुमार कर्ण
७. स्पेन — प्राप्ति शेरचन
८. जर्मनी — शारू जोशी
९. ओमान — डा. पद्माक्षी राणा
१०. मलेसिया — चूडामणि खरेल
११. दक्षिण कोरिया — प्रा. डा. सङ्गम श्रेष्ठ
१२. श्रीलंका — डा. मंचल झा
१३. साउदी अरेबिया — गिरीबहादुर सुनार




