काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेले सरकार छाडेको छ। पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका चार मन्त्रीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर सामूहिक रूपमा राजीनामा पत्र बुझाएका छन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल तथा स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे रहेका छन्। चार मन्त्रीको राजीनामासँगै गण्डकी प्रदेश सरकारबाट एमाले औपचारिक रूपमा बाहिरिएको हो। एमालेको बहिर्गमनपछि प्रदेश सरकारको आगामी राजनीतिक समीकरण र मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढेको छ।
मुख्यमन्त्री पाण्डेलाई राजीनामा बुझाएपछि अब रिक्त मन्त्रालयको जिम्मेवारी व्यवस्थापन तथा सरकारको आगामी संरचनाबारे निर्णय हुने अपेक्षा गरिएको छ।




