काठमाडौं । विश्वकप फुटबल फिफा २०२६ अमेरिकामा जारी छ । अमेरिकाममा स्पेन र अर्जेनटिनको खेल प्रतिस्पर्धात्मक हुने बुझिएको छ । हिजो भएको इङल्याण्ड र अर्जेन्टिनाबिच भएको खेलमा मेसिले इङल्याण्डलाई २–१ गोलले पराजित गर्दै मेसि समुह चरणमा छनोट भयो । नेपाली फुटबल टिम फिफा विश्वकपमा नहुँदा अन्य देशका खेलाडीका नेपाली समर्थकहरु रातभरको निन्द्रा मारेर खेल हेर्न बाध्य छन् । उनीहरुले अन्य देशका विभिन्न खेलाडीहरको समर्थन गर्दै सामाजिक संजालमा विभिन्न प्रचारबाजी गरिरहेका छन् ।
नेपाली फुटबल टोली सो खेलमा देख्न पाउने रहर कसको हुँदैन र ? तर नेपालको वर्तमान फुटबल टोली सक्ष्म नभएकै कारण सो खेलमा पुग्न सकेन् । नेपाली फुटबल प्रतियोगितालाई आगामी वर्ष हुने विश्वकमा पु¥याउन नेपाल सरकारले निकै लगानी र हौसला प्रदान गर्न आवश्यक छ । आज नेपाली टोली फिफा विश्वकपमा सामेल भएको हुन्थ्यो भने नेपालको नाम अझ माथि जाने थियो ।
विश्वकपको सुरु हुना लाग्दा नै फिफाले नेपाललाई रोक लगाउनु निकै दुःखद विषय । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा तेस्रो पक्षको हस्तक्षेप विशेष गरी सरकारी वा राष्ट्रिय खेलकुद परिषद्को भएको कारण देखाउँदै नेपालमाथि अनिश्चितकालका लागि प्रतिबन्ध (निलम्बन) गर्नु नेपालीहरुका लागि निकै दुःखद विषय हो बनेको छ ।फिफा वरीयतामा नेपाली पुरुष फुटबल टोली हाल १७७औँ स्थानमा रहेको छ।यसैगरी, नेपाली महिला फुटबल टोली विश्व वरीयतामा ८८औँ स्थानमा रहेको छ। महिला टोलीले हालसम्मकै उच्च ८७औँ स्थानसम्मको ऐतिहासिक सफलता पनि हासिल गरिसकेको छ।
फिफाले आफ्नो विधान (धारा १४) अनुसार कुनै पनि राष्ट्रिय फुटबल सङ्घमा राजनीतिक वा सरकारी निकायको हस्तक्षेप हुन नदिने कडा नियम बनाएको छ । सरकारी तथा परिषद्को हस्तक्षेपका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फाको प्रस्तावित निर्वाचनलाई मान्यता नदिनु र एन्फाको आन्तरिक प्रशासनिक तथा चुनावी प्रक्रियामा तेस्रो पक्षको रूपमा हस्तक्षेप गर्नु, एन्फाको कार्यसमितिको समयावधि समाप्त भएपछिको अवस्था र नेतृत्व विवादलाई लिएर सरकारी निकायबाट प्रत्यक्ष हस्तक्षेप महसुस भएपछि फिफाले यो कदम चालेको थियो ।
एन्फा भित्रको विवादका कारण फुटबलको प्रशासनिक गतिविधिमा अस्थिरता उत्पन्न भएपछि फिफाले नेपाललाई निलम्बन गरेको हो । प्रतिबन्ध फुकुवा हुनका लागि एन्फा र नेपाल सरकारले फिफाले तोकेका सर्तहरू पालना गर्दै एन्फाको स्वायत्तता सुनिश्चित गर्नुपर्छ यसका साथै फिफाको निर्देशन अनुरूप विधानसम्मत निर्वाचन तथा प्रशासनिक कार्य सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता देखिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि फिफाले लगाएको अनिश्चितकालीन प्रतिबन्धका कारण नेपाली फुटबल इतिहासकै सबैभन्दा ठूलो सङ्कट उत्पन्न भएको छ ।
नेपाल हालसम्म फिफा विश्वकपको मूल प्रतियोगितामा छनोट भएर खेल्न पाएको छैन। नेपाली राष्ट्रिय फुटबल टोलीको विश्वकप यात्रा अहिलेसम्म विश्वकप छनोट चरणमा मात्र सीमित रहेको छ। नेपालको विश्वकप छनोटको इतिहास र यात्रा भने विगतमा लोभ लाग्दो नै थियो । छनोट चरणको सुरुवातमा नेपालले पहिलोपटक सन् १९८६ को मेक्सिको विश्वकपका लागि एसियाली क्षेत्रको छनोट खेलमा भाग लिएको थियो।
ऐतिहासिक सबैभन्दा सफल यात्रा (सन् २००२) थियो । नेपालको विश्वकप छनोट इतिहासमा सन् २००२ मा दक्षिण कोरिया र जापान विश्वकपको छनोट चरण सबैभन्दा सफल र स्मरणीय मानिन्छ। इराक र काजकिस्तानमा खेलिएको उक्त छनोट प्रतियोगितामा नेपालले पहिलोपटक विश्वकप छनोटमा खेल जित्ने इतिहास रचेको थियो ।नेपालले मकाउलाई ४–१ र अर्को खेलमा ६–१ को फराकिलो अन्तरले हराएको थियो।यसै छनोटमा नेपालले ६ खेल खेल्दै कुल १३ गोल गरेको थियो । जुन नेपालको अहिलेसम्मकै उत्कृष्ट आक्रामक प्रदर्शन हो ।
नेपाल विश्वकपको मूल प्रतियोगितासम्म पुग्न नसक्नुमा पूर्वाधारको अभाव, नेपालमा अन्तर्राष्ट्रिय स्तरका रंगशाला र प्रशिक्षण केन्द्रहरूको चरम अभाव छ। घरेलु फुटबल लिग नियमित नहुनु र खेलाडीहरूले व्यावसायिक रूपमा खेलमै टिकिरहन सक्ने वातावरण नहुनु,बलिया प्रतिद्वन्द्वी एसियाली क्षेत्रमा जापान, दक्षिण कोरिया, इरान, र अष्ट्रेलिया जस्ता विश्वस्तरीय टोलीहरूसँग प्रतिस्पर्धा गर्न नेपालको प्राविधिक र शारीरिक स्तर अझै कमजोर हुनु दुःखद विषय हो ।
नेपालले विश्वकप खेल्ने सपना अझै टाढा भए तापनि फिफाले सन् २०२६ को विश्वकपदेखि टोलीको सङ्ख्या बढाएर ४८ पुर्याएको छ, जसले गर्दा एसियाबाट छनोट हुने टोलीको कोटा पनि बढेको छ। यसले भविष्यमा नेपाल जस्ता विकासोन्मुख फुटबल टोलीहरूका लागि विश्वकप पुग्ने सम्भावनाको ढोका भने केही हदसम्म खोलेको छ।




