काठमाडौं । मुलुकको जटिल राजनीतिक अवस्थाबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफैंभित्रको आन्तरिक द्वन्द्वमा अल्झिएको देखिएको छ। नेतृत्व तहमा देखिएको मतभेद, समूहगत सक्रियता र सार्वजनिक आरोप–प्रत्यारोपले पार्टी एकताको सवाल झन् जटिल बन्दै गएको छ। पछिल्ला दिनहरूमा पार्टी प्रवक्ता देवराज चालिसे र इतर समूहबीच देखिएको वाकयुद्धले कांग्रेसभित्रको शक्ति संघर्ष सतहमा ल्याएको छ। पूर्व कांग्रेस संस्थापन समुहका का.वा उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले निरन्तर भेला र छलफलमार्फत आफ्नो प्रभाव देखाइरहँदा संस्थापन पक्ष भने अनुशासन र प्रक्रियाको नाममा ती गतिविधिलाई प्रश्न गरिरहेको छ। यसले पार्टीभित्र समानान्तर शक्ति केन्द्रहरू सक्रिय रहेको स्पष्ट संकेत दिएको छ।
विश्लेषकहरूका अनुसार यस्तो अवस्था सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा बाहिर गएर ‘आन्तरिक अस्थिरता’को संकेत हो। कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा देखिएको यो ध्रुवीकरणले पार्टीलाई रणनीतिक रूपमा कमजोर बनाउने जोखिम बढाएको छ। एकातर्फ नेतृत्वमा पकड जमाउने होड, अर्कोतर्फ कार्यकर्तामाझ प्रभाव विस्तार गर्ने प्रतिस्पर्धाले संगठनलाई एकताबद्ध बनाउनेभन्दा विभाजित गर्ने दिशामा धकेलिरहेको देखिन्छ। यता, सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले समेत कसैलाई निषेध गरेर बलियो बन्न नसकिने भन्दै एकताको आवश्यकता औंल्याएका छन्। उनको भनाइले पार्टीभित्र बढ्दै गएको ‘निषेधको राजनीति’प्रति संकेत गर्छ, जहाँ असहमति व्यवस्थापनभन्दा दबाउने प्रवृत्ति हाबी हुँदै गएको छ।
यसैबीच, शीर्ष नेताहरूले मुलुकको समग्र राजनीतिक अवस्था र पार्टीको भावी रणनीतिबारे छलफल गर्न बैठक राखेका छन्। केन्द्रीय सदस्यहरूका अनुसार अहिलेको प्रमुख चुनौती भनेकै कांग्रेसलाई एकताबद्ध राख्दै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्नु हो। तर, व्यवहारमा भने नेताहरूबीचको अविश्वास र प्रतिस्पर्धाले उक्त लक्ष्यमा बाधा पुर्याइरहेको देखिन्छ। राजनीतिक विश्लेषकहरू चेतावनी दिन्छन्—यदि संकटको समयमा कांग्रेसभित्र सहमति, संवाद र सहकार्य स्थापित हुन सकेन भने पार्टीले केवल संगठनात्मक कमजोरी मात्र होइन, दीर्घकालीन राजनीतिक क्षति समेत बेहोर्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा आन्तरिक विवादलाई व्यवस्थापन गर्दै साझा एजेन्डामा केन्द्रित हुनु नै कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। समग्रमा, अहिलेको परिस्थिति कांग्रेसका लागि ‘परीक्षाको घडी’ हो। यदि यही समयमा एकता कायम गर्न असफल भयो भने पार्टीभित्र अर्को ठूलो संकट उत्पन्न हुने संकेतहरू स्पष्ट देखिन थालेका छन्।
कांग्रेसभित्र शक्ति सन्तुलनको बहस: ‘कसैलाई निषेध गर्न मिल्दैन’ : सुदूरपश्चिम सभापति बलायर
बरिष्ठ नेता डा. शेखरकोइरालाको सन्देश :छुट्टै भेला कांग्रेसको पुरानै अभ्यास
प्रतिकुलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल
कांग्रेसमा समानान्तर गतिविधि सुरु, खड्क-शेखर समूहद्धारा सांसदलाई बधाई
नेपाली कांग्रेसले ७ वटै प्रदेशमा उम्मेदवारहरुसँग निर्वाचन समीक्षात्मक कार्यक्रम गर्ने
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै,कसले पाउला पार्टीको आधिकारीकता ?
एउटै घटना र एकै किसिमको सिफारिसमा सरकारको ‘सेलेक्टिभ’ व्यवहार गलतः कांग्रेस
कार्की आयोगको नाममा गिरफ्तारी? कांग्रेस भन्छ—‘यो राजनीतिक बदला हो’




