राजनीति

थापामाथि चुनौतीका चाङ,कसरी गर्छन सामना ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि गगन थापाको उदयलाई सामान्य नेतृत्व परिवर्तनका रूपमा मात्र हेर्न सकिँदैन। यो घटनाले कांग्रेसभित्र लामो समयदेखि दबिएको पुस्तान्तरण, परिवर्तन र सुधारको आकांक्षालाई सतहमा ल्याएको छ। तर नेतृत्वको कुर्सीमा पुग्नासाथ गगन थापालाई स्वागतभन्दा बढी चुनौती र आशंकाको सामना गर्नुपरेको छ।

दुई दशकदेखि पार्टी नेतृत्वलाई विधि, पद्धति र जवाफदेहितामा बाँध्न दबाब दिँदै आएका गगन अहिले स्वयं सभापति बनेका छन्। विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरेजस्ता नेताहरूको साथमा पुस्तागत टिमलाई निर्वाचन आयोगले आधिकारिक नेपाली कांग्रेसका रूपमा मान्यता दिएको छ। तर, यही मान्यताले उत्साहभन्दा बढी विवाद जन्माएको देखिन्छ। सभापति बनेसँगै गगनका अगाडि प्रश्नहरूको लाम लागिसकेको छ, जसको उत्तर उनले केवल पार्टी कार्यकर्तालाई होइन, समग्र नेपाली जनतालाई दिनुपर्ने अवस्था छ।

विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिलाई आयोगले वैधानिकता दिए पनि संस्थापन पक्ष, विशेषगरी शेरबहादुर देउवासहितका नेताहरूले त्यसलाई स्वीकार गरेका छैनन्। संवैधानिक र कानुनी प्रश्न उठाउँदै अदालत जारी मुद्धा दर्ताले गगन नेतृत्वको वैधता प्रारम्भमै परीक्षणको कठघरामा उभिएको छ। नयाँ र बद्लिएको कांग्रेसको दाबी गरेका गगनका लागि अब त्यो दाबी व्यवहार र कानुनी दुवै तहमा प्रमाणित गर्नु चुनौती बनेको छ।

विडम्बना, उनको नेतृत्वलाई चुनौती दिने शक्ति बाहिरको प्रतिस्पर्धी दल होइन, आफ्नै पार्टीभित्रको बलियो समूह हो। निर्वाचन आयोगले प्रतिनिधिहरूको सही सनाखत नगरेको र जबर्जस्ती निर्णय गरेको कांग्रेस संस्थापन पक्षले लगाइरहेको छ। अघिल्लो केन्द्रीय समितिमा बहुमत रहेको यही समूहलाई सन्तुष्ट पार्दै अघि बढ्नु गगनका लागि सजिलो छैन। यो अवस्था फलामको चिउरा चपाएसरह कठिन देखिन्छ।

जेन–जी आन्दोलनअघिदेखि नै कांग्रेसभित्र गगन पुस्ताले विधि, मूल्य र प्रणालीको बहस उठाएको थियो। बारम्बार सभापति देउवालाई कम्जोर बनाउन विभिन्न तानाबाना बुनिरहेका थिए गगनले । देशभरीका कांग्रेसभित्र अहिले विष घोलिएको छ । विशेष महाधिवेशनले त्यो ग¥यो । आन्दोलनले त्यस बहसलाई थप चर्कायो र पार्टीभित्रको ध्रुवीकरण स्पष्ट बनायो। जेन–जी आन्दोलनबारे कांग्रेसले समयमै स्पष्ट र ठोस धारणा दिन नसक्नु ठूलो पार्टीका लागि लज्जास्पद विषय बनेको थियो। अब त्यही आन्दोलनले उठाएका प्रश्न—मागको सम्बोधन, युवापुस्ताप्रति पार्टीको दृष्टिकोण र राजनीतिक जिम्मेवारी—को जवाफ गगनले नै दिनुपर्ने छ। सभापति देउवामाथि आक्रमण हुँदा गगनले बजाएको ताली अब पुनः उल्टिने हो की भन्ने प्रश्न पनि उठ्न थालेका छन् । गगन थापाले सभापति बनेपछि कांग्रेस संस्थापनपक्षका थुप्रै नेताहरुलाई जेनजीपछिको निर्वाचनमा उम्मेदवार बन्नबाट रोके । पूर्वप्रधानमन्त्री तथा पार्टीका सभापति देउवा,पूर्व परराष्ट्रमन्त्री तथा देउवा पत्नी आरजु देउवा,का.वा सभापति पूर्णबहादुर खड्का लगायतका थुप्रै नेताहरुलाई चुनावमा टिकट दिएनन्,जसले लोकतन्त्रका लागि जेलनेल भोगे उसले नै निर्वाचनमा लड्न पाएनन्,सो विषयमा सभापति बनेका थापाको निरङकुश शासनको रुपमा हेरिएको छ ।

अर्को ठूलो चुनौती आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन हो। निर्वाचन आयोगले तयारी तीव्र भएको बताइरहेका बेला कांग्रेस स्वयं नेतृत्व विवादमा अल्झिएको छ।

पहिले नेतृत्वलाई प्रश्न गर्ने, दबाब सिर्जना गर्ने र आन्दोलनको अगुवाइ गर्ने स्थानमा रहेका उनी अब निर्णयकर्ता हुन्। घेराबन्दी र आलोचनाको राजनीति छाडेर सहमति र समझदारीको बाटो रोज्नुपर्ने बाध्यता उनको अगाडि छ। चुनावको मुखमा पार्टी दुई धारमा देखिँदा देशभित्र र बाहिरका कांग्रेस कार्यकर्तामा निराशा फैलिएको छ। त्यो निराशालाई आशामा रूपान्तरण गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न अहिले सबैभन्दा महत्त्वपूर्ण बनेको छ।

यी सबै चुनौतीकाबीच गगन थापा आफ्नो राजनीतिक जीवनको सबैभन्दा कठिन परीक्षामा उभिएका छन्। उनले चाल्ने कदम, अपनाउने रणनीति र देखाउने नेतृत्व क्षमताले मात्र उनको सफलता वा असफलता निर्धारण गर्नेछ। कांग्रेसभित्र मात्र होइन, समग्र नेपाली राजनीतिले गगन थापाको नेतृत्वलाई चासोका साथ नियालिरहेको छ।

सर्लाही–४ मा गगन थापा र अमरेश सिंहबीच कडा प्रतिस्पर्धा हुने संकेत, थापाले मार्लान् त बाजी ?

विद्रोहबाट सभापतिको कुर्सीमा थापा,भावी प्रधानमन्त्रीमा बहुमत ल्याउन कति सहज ?

गगन सभापति बन्न ‘डिप–स्टेट’को पैसा निर्वाचन आयोगलाई बुझाएको प्रसाईँको अर्को खुलासा, अनुसन्धान आवश्यक

 

कांग्रेस नेतृत्व विवाद १५ दिनभित्र टुंग्याउन सर्वोच्चको अग्राधिकार,संवैधानिक र कानुनी जटिलता नै मुख्य प्रश्न

‘अवैधानिक’ हस्ताक्षरबाट जारी टिकटको विपक्षमा का.वा सभापति खड्का

कांग्रेसमा गगन थापाको नेतृत्व परिक्षा,लोकतन्त्र स्थापनाका लागि सघर्ष गरेका शीर्ष नेतालाई नै निर्वाचनमा बन्देज !

दबाब र बदलाको राजनीतिमा गगन थापा

 

कांग्रेसको नेतृत्वमा गगन थापा अग्निपरीक्षाको केन्द्रमा,निर्वाचनको नतिजाले नायक र खलनायक छुट्याउने

गगन थापाको दोहोरो चरित्र : चुनाव नलड्ने अभिव्यक्ति दिएका थापा सर्लाहीका उम्मेदवार

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *