काठमाडौं। मधेस प्रदेशमा हालै गठन भएको सरकारको वैधानिकता मुद्दा थप जटिल बन्दै गएको छ। प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दाबी गर्दै कानुनका विद्यार्थी अर्जुन शाहले पनि सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
शाहले नेपालको संविधानको धारा १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी प्रदेश प्रमुखले संविधान विपरीत गरेको मुख्यमन्त्री नियुक्ति बदर गर्न र संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
यसअघि आजै रक्कीप्रसाद साह र सुजित यादवले पनि यही विषयमा सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय, र मधेस प्रदेश सभालाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन्। लगातार रिट दर्ता भएपछि मधेस प्रदेश सरकार गठनको वैधानिकता अब सर्वोच्च अदालतको निर्णयमा निर्भर हुने देखिएको छ।https://www.sankalpakhabar.com/ribbon/2025/11/10/576047/
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादले तनाव : चारैतिर प्रश्नको घेरामा मधेश सरकार




