काठमाडौं । सुरुमा –सुरुमा केही राम्रा काम गरेर चर्चामा आएका स्वतन्त्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्ला दिनहरूमा एकपछि अर्को विवादमा तानिँदै गएका छन्। सामाजिक सञ्जालमा अश्लील अभिव्यक्ति दिएको आरोपदेखि आर्थिक अनियमितता, राजनीतिक दबाब र हिंसात्मक आन्दोलनसँगको सम्बन्धसम्मका घटनाले उनलाई घेराबन्दीमा पारेकाे छ।
सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएपछि नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले मेयर बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ। उपाध्यक्ष महराज गुरुङ नेतृत्वको टोलीले जनप्रतिनिधिको हैसियतमा अश्लील भाषामा राजनीतिक दल र छिमेकी मुलुकबारे अपमानजनक टिप्पणी गरेको भन्दै कारबाहीको माग गरेको हो। बालेनले केही दिनअघि भारत र चीनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका थिए, जुन केही समयमै हटाइएको थियो। यस्तै बालेन र गृहमन्त्री ओमप्रकाश अर्यालबीचको सम्बन्ध अहिले तनावपूर्ण बनेको छ। बालेन निकट समूहले “गृहमन्त्री हटाऊ” अभियान चलाएपछि सत्ता सन्तुलनमा हलचल देखिएको हाे । स्रोतका अनुसार, साइबर ब्युरोमा उजुरी परेपछि बालेनले आफूविरुद्ध कारबाही हुन सक्ने डरले गृहमन्त्रीमाथि दबाब बढाएको अनुमान गरिएकाे छ । गैरराजनीति ,महानगरपालिकाको मेयर भएर गैरजिम्मेवार भन्दै आएका बोलनमाथि कारबाही गर्ने विषयमा न त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल समेत मौन छन् ।
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा बालेन र महानगरका कर्मचारीहरूले विदेश भ्रमणका नाममा ५२ लाख रुपैयाँभन्दा बढी खर्च अनियमितता गरेको उल्लेख छ। फ्रान्स, ब्राजिल, भारत र बंगलादेश भ्रमणमा गरिएको खर्चमा औपचारिक अनुमति नलिइएको, साथै आन्तरिक भ्रमण बजेट पनि दुरुपयोग भएको पाइएको छ।

हिंसात्मक आन्दोलनसँग सम्बन्धित उजुरीको चाङ
तनहुँ र काठमाडौंमा समेत बालेन र सुदन गुरुङविरुद्ध जेनजी आन्दोलनका क्रममा हिंसा र तोडफोड गराएको आरोपमा किटानी जाहेरी दर्ता भएका छन्। उनीहरूले सिंहदरबार, सर्वोच्च अदालतलगायत संरचनामा क्षति पुर्याउने भिडलाई उक्साएको प्रमाणका रूपमा तस्बिर र भिडियोसमेत प्रहरीलाई बुझाइएको छ। नेविसंघ र अनेरास्ववियुले पनि समान उजुरी दिएका छन्। बालेनमाथि हिंसात्मक आन्दोलनसँग सम्बन्धित उजुरीको चाङ छ । तनहुँ र काठमाडौंमा समेत बालेन र सुदन गुरुङविरुद्ध जेनजी आन्दोलनका क्रममा हिंसा र तोडफोड गराएको आरोपमा किटानी जाहेरी दर्ता भएका छन्। उनीहरूले सिंहदरबार, सर्वोच्च अदालतलगायत संरचनामा क्षति पुर्याउने भिडलाई उक्साएको प्रमाणका रूपमा तस्बिर र भिडियोसमेत प्रहरीलाई बुझाइएको छ। नेविसंघ र अनेरास्ववियुले पनि समान उजुरी दिएका छन्। तर सम्बन्धित निकाय भने अझै किन मौन् ? यस्ता गतिविधिमा संलग्नमाथि अन्तरिम सरकार पनि मौन छ । सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाएर कारबाही प्रक्रिया अगाडी बढाउनु हुँदैन् । बालेनमाथि परेका उजुरीहरुमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाउन सके मात्र जेनजीको आन्दोलनले बनाएको अन्तरिम सरकारको औचित्य पुष्टि हुन्छ ।
नेतृत्व र जिम्मेवारीमाथि प्रश्न
भदौ २३–२४ गतेको आन्दोलनका बेला सिंहदरबारदेखि सरकारी भवनहरू जलेर खरानी हुँदासम्म न मेयर बालेनले सामाजिक सञ्जालबाट हिंशात्मक र गैरजिम्मेवारीका काम नगर्न आन्दोलनकारीलाई सुझाव समेत दिएनन् । आन्दोलन गर्न प्रदर्शनकारीहरुलाई सामाजिक संचालमार्फत भड्काएका बालेन सिंहदरबार जलेको हेरेर बसेका थिए , जेनजी आन्दोलनकारीले उनलाई सडकमा आउन बारम्बार आग्रह गरेपनि उनी उपस्थित भएनन्,जब देशको इतिहास खरानी भयो अनि आन्दोलनको विजय उत्सव मनाउन सडकमा गाडी चढेर निस्केका थिए बालेन । केही समयअघि फेसबुकमा “सिंहदरबार जल्छ” भन्ने चेतावनीमूलक पोस्ट गरेको भन्दै उनलाई “हिंसा उक्साउने” आरोप लाग्दै आएको छ। राजनीतिक विश्लेषकहरूको भनाइमा, बालेनको मौनता र सामाजिक सञ्जालमै सीमित नेतृत्व शैलीले उनको राजनीतिक जिम्मेवारीमाथि ठूला प्रश्न उठाएका छन्।
अब के हुन्छ ?
सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति, आर्थिक अनियमितता र राजनीतिक द्वन्द्व एकैसाथ बढ्दै जाँदा अब सरकारले मेयर बालेनमाथि कारबाही गर्छ कि गर्दैन भन्ने बहस चुलिएको छ। गृह मन्त्रालय र साइबर ब्युरोले उजुरीको अनुसन्धान अघि बढाइसकेको बताइए पनि आधिकारिक निर्णय अझै बाँकी छ। राजनीतिक विश्लेषकहरू भन्छन् — “लोकप्रियता र विधिको द्वन्द्वमा बालेनको भविष्य अहिले सबैको चासोको विषय बनेको छ।”



