देश

राम कार्कीको टिप्पणी – ‘भ्रष्टाचारको मुद्दा लागेकाहरू एकताको स्वाङमा, हामी शुद्धीकरण अभियानमा’

काठमाडौं। माओवादी केन्द्रका नेता राम कार्कीले भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकामा कल्की झुन्ड्याएर ठूला पदमा पुगेको र एकताको स्वाङ गरिरहेको टिप्पणी गरेका छन्।

एकीकृत समाजवादीलगायत आठ दलसँग हुन लागेको एकता प्रक्रियाप्रति असन्तुष्ट रहेका कार्कीले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै नयाँ शुद्धीकरण अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन्। उनले भने,‘भ्रष्टाचारका मुद्दा लागेका मान्छेहरू, ठूला पदमा पुगेर यहाँ एकताको स्वाङ गर्दैछन्। यो स्थितिमा हामी लामो डकुमेन्ट पछाडि पेश गर्नेछौं। एउटै नेताको बर्चस्व चल्ने, केपी ओलीको बर्चस्व चल्ने एमाले, प्रचण्डको बर्चस्व चल्ने माओवादी पार्टीको ठाउँमा हामी जनार्दन, राम कार्की र अञ्जनाको बर्चस्व चल्ने एक नयाँ पार्टी खोल्न लागेका छैनौं।’

कार्कीले कम्युनिस्ट आन्दोलनमा देखिएका विगतका गल्तीहरू दोहोर्याउने छैनन् भनी स्पष्ट पारे। उहाँले थपे, ‘हामी यो गल्ती गर्दैनौं। हामी एकीकृत अभियान सञ्चालन गरेर अघि बढ्नेछौं।’ कार्कीले जेन–जेड विद्रोहपछि देशका कम्युनिस्ट पार्टीहरू विघटन भइसकेको पनि तर्क गरेका छन्।

यस पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा, राम कार्की र केन्द्रीय सदस्य अञ्जना विसंखे पनि उपस्थित रहेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *