राजनीति

प्रधानमन्त्रीसहित त्रिपक्षीय वार्ता निष्कर्षविहीन : पुनः वार्तामा बस्नुपर्ने निष्कर्ष

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधि र राजनीतिक दलहरूसँग भइरहेको संवादलाई निरन्तर प्रक्रिया बनाउन आग्रह गरेकी छन्। उनले एकपटकको छलफलले समस्या समाधान नहुने भन्दै बारम्बार र परिणाममुखी संवाद आवश्यक रहेको बताइन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय वार्ता भएकाे थियाे ।  प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, जेनजी पक्षले आफ्नो माग र प्रस्तावहरू प्रस्तुत गरिसकेको छ भने अहिले दलका प्रतिनिधिहरू धारणा राखेका थिए ।

संवादको प्रारम्भमा प्रधानमन्त्री कार्कीले सबै पक्षलाई खुलेर विचार आदानप्रदान गर्न आग्रह गर्दै भनिन्,“मुलुक हाम्रो हो, हामीले नै बनाउनुपर्छ— हामीले नबनाए कसैले बनाइदिँदैन।”

उनले थप जोड दिँदै भनिन्, “एकपटकको कुराकानीले पुग्दैन, संवाद बारम्बार र निरन्तर हुनुपर्छ। आजको बैठक त्यसको सुरुवात मात्र हो।” प्रधानमन्त्री कार्कीले वार्तालाई दीर्घकालीन राजनीतिक सहमतिको दिशामा अघि बढाउन सबै पक्षको जिम्मेवारी रहेको पनि बताइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *