देश

दुर्गा प्रसाईँको घोषणा : छठपछि हिन्दु राष्ट्रका लागि अनिश्चितकालीन आन्दोलन

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले छठ पर्व सकिएलगत्तै हिन्दु राष्ट्र पुनर्स्थापनाका मागसहित अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै उनले जेन–जी आन्दोलनपछिको अन्तरिम सरकारप्रति असन्तुष्टि जनाउँदै  २०४७ सालको संविधान पुनर्स्थापना र हिन्दु अधिराज्य कायमू को लक्ष्यसहित आन्दोलन अघि बढाउने बताए।

प्रसाईँले भने,–दसैँ, तिहार र छठपछि हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात–बौद्धसहितको अधिराज्य स्थापनाको मागसहित सडकमा उत्रिन्छौँ। यो आन्दोलन पुनर्स्थापना नभएसम्म रोकिँदैन। अब कोठाभित्र बसेर फेसबुकमा स्टाटस लेख्ने होइन, प्रत्यक्ष आन्दोलनको नेतृत्व हामी लिन्छौँ। प्रसाईँले आफू र आफ्ना समर्थकहरूले २०४७ सालको संविधान पुनर्स्थापनाका लागि पनि संघर्ष गर्ने उल्लेख गरे। उनले हालको राजनीतिक व्यवस्थालाई अस्वीकार गर्दै हिन्दु राष्ट्र पुनर्स्थापनालाई अनिवार्य विकल्पका रूपमा प्रस्तुत गरेका छन्।

प्रसाईले अन्तरिम सरकारलाई सहकारी पीडित,मिटरब्याजी र विभिन्न बैँकमा डुबेको पीडितहरुको रकम त्तत्काल फिर्ता गर्न समेत आग्रह गरेका छन् । उनले भने ,‘ अब पनि सरकारले ती पीडितहरुको रकम फिर्ता नगरे ठूलो आन्दोलन हुने निश्चित छ ।

यस्तै उनले आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी र सार्वजनिक तथा नीजि सम्पतीमाथि भएको आगजनि कहाली लाग्दो भएको बताए । उनले आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको समेत बताए । उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *