राजनीति

मन्त्रिपरिषद् विस्तार : प्रधानमन्त्री कार्कीले ९ मन्त्रालय सम्हालिन्, चार नयाँ मन्त्री थप

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्रीलाई शपथ ग्रहण गराएकी छिन्। यससँगै मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ। गत ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दा उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई सरकारमा ल्याएकी थिइन्। सोमबारको विस्तारमा अनिलकुमार सिन्हा, महावीर पुन, जगदिन खरेल र मदन परियारलाई जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालय आफैंमा राखेकी छन्। यसअघि नियुक्त मन्त्रीहरूको जिम्मेवारीमा समेत फेरबदल गरिएको छ। अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय थपिएको छ भने गृहमन्त्री ओमप्रकाश अर्यालसँग रहेको कानुन मन्त्रालय कटौती गरी अनिलकुमार सिन्हालाई दिइएको छ।

मन्त्रीहरूको जिम्मेवारी ः

सुशीला कार्की (प्रधानमन्त्री) स् परराष्ट्र, रक्षा, खानेपानी, महिला–बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम–रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति–पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या

रामेश्वर खनाल : अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन

कुलमान घिसिङ :  ऊर्जा–जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास

ओमप्रकाश अर्याल :गृह

अनिलकुमार सिन्हा : उद्योग–वाणिज्य तथा आपूर्ति, कानुन–न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था–सहकारी तथा गरिबी निवारण

महावीर पुन :शिक्षा–विज्ञान तथा प्रविधि

जगदिन खरेल : सूचना–सञ्चार तथा प्रविधि

मदन परियार : कृषि तथा पशुपन्छी विकास

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *