देश

प्रधानमन्त्री कार्कीबाट पाँच मन्त्री सिफारिस, आजै शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीमा सिफारिस भएका पाँच जनाको नियुक्ति र शपथ आज हुँदैछ ।

प्रधानमन्त्री कार्कीले आइतबार पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । उनीहरुको नियुक्ति र शपथ आज दिउँसो २ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सिफारिस अनुसार सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले लिएका थिए ।

त्यस्तै अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रा स्वास्थ्यमन्त्रीमा सिफारिस भएका छन् । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेका डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि उनले आइतबार नै राजीनामा दिएका थिए । यस्तै पत्रकार खरेलललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरिएको छ ।

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । डा. परियारलाई कृषि विकास तथा पशुपंंछि मन्त्रालयमा सिफारिस गरिएको छ । उनी कृषि विज्ञ हुन् । वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *