राजनीति

जेन जी पुस्ताको विध्वंसकारी आन्दोलनः इतिहासको गौरवमाथि लाग्यो ठेस,अब किनेर किनै सकिन्न् !

काठमाडौं । पछिल्ला केही वर्षमा जेन जी पुस्ताद्वारा सञ्चालन गरिएका आन्दोलनहरूले नेपालको राजनीतिक र सांस्कृतिक इतिहासमा गहिरो प्रभाव पारेको छ। सिंहदरवार, शितल निवास, संसद भवन, र तीनै तहका अदालतहरूमा भएका आगजनी र भड्किएको हिंसाले मुलुकको ऐतिहासिक र संस्थागत संरचनालाई गंभीर क्षति पुर्‍याएको छ। उनीहरुले सुरक्षाकर्मी समेत मारेका छन् भने ,दलका ठूला नेताहरुमाथि निर्घात कुटपिट गरे । त्यो पनि घरभित्रै पसेर । अन्य नेताहरुमाथि पनि हृदय विदारक गतिविधि गरे , त्यति मात्र गरेनन् उनीहरुले पार्टीका कार्यालयहरु,संचारगृहमा समेत आगजनी गरे ।

यो आन्दोलनलाई उक्साउने राप्रपा,रास्वपा,हर्क ,बालेन र कुलमान घिसिङका सर्मथकहरु थिए । उनीहरु आन्दोलनमा समेत देखा पर्ने गरे । सामाजिक संजालबाट समेत उनीहरुलाई यस्ता क्रियाकलाप गर्न उक्साए । अहिले देश शोकमा डुबेको छ । ंिसंहदरबारमा आगो लागि रहेको छ । अन्य विभिन्न ठाउँमा आगजनि भएका छन् । खर्बौको क्षेति भएको छ । क्षेतिको विवरण भने आउन बाँकी छ ।

विशेषज्ञहरू भन्छन् – यो हिंसात्मक गतिविधिहरूले केवल शारीरिक संरचनामा मात्र होइन, लोकतान्त्रिक मूल्य र न्यायप्रणालीमा पनि ठुलो धक्का पुर्‍याएका छन्। “सिंहदरवार र संसद भवनमा भएको आक्रमणले राष्ट्रको संस्थागत स्मृति र नागरिकको विश्वासमा गहिरो चोट पुर्‍यायो,” यस आन्दोलनका पछाडि जेन जी पुस्ताको तीव्र असन्तुष्टि र सामाजिक असमानताको भाव देखिन्छ। तर आलोचकहरू प्रश्न गर्छन् कि सामाजिक परिवर्तनका लागि हिंसा अपरिहार्य हो कि होइन। शितल निवास जलेर नष्ट हुनु, अदालतहरूको क्षति हुनु जस्ता घटनाले राजनीतिक चेतना र अहिंसात्मक आन्दोलनको परम्परालाई कमजोर बनाएको छ।

समाजशास्त्रीहरू अनुसार, हिंसात्मक आन्दोलनले युवा पुस्तामा आक्रोशको भावना उत्पन्न गर्न सक्छ, तर दीर्घकालीन समाधान खोज्ने दृष्टिकोणबाट हेर्दा यसले समाजमा अस्थिरता मात्र बढाएको छ। विशेषज्ञहरूले आग्रह गरेका छन् कि युवा नेतृत्वले वैकल्पिक संवाद र रचनात्मक आन्दोलनमार्फत आफ्नो असन्तोष प्रकट गर्नुपर्नेछ, ताकि इतिहासको गौरव र लोकतान्त्रिक संस्थाहरूलाई जोगाउन सकियोस्।

नेपालका ऐतिहासिक संरचना र संवैधानिक प्रणालीमा परेको क्षतिको मूल्यांकन अझै भइरहेको छ, तर घटनाले स्पष्ट पार्दैछ कि हिंसा सामाजिक प्रगतिको बाटोमा बाधक बन्न सक्छ। २१ औँ शताब्दीका मानिसहरुले कलम ,बिचार र संवादबाट समस्याको ठोस समाधान निकाल्न सक्नुपर्ने थियो । तर त्यो देखिएन् यो त बंगलादेशको जस्तै हिंशात्मक आन्दोलन भयो । गुण्डाशैलीमा आक्रमण र गैरकानुनी कार्यहरु भए । सो घटनाले जेनजी खुशी भए पनि इतिहासलाई दुखेको छ ।

देशलाई दुखेको छ । भदौ २३ गते जेन जीको आन्दोलनमा १९ जनाले प्रहरीको गोली लागि ज्यान गुमाएपछि आज सरकारले लगाएको निशेधाज्ञा तोडी उनीहरुले आन्दोलनलाई उग्र बनाए । जेन जी पुस्ता हिजैँ घर फर्कने तयारीमा थिए । तर सत्तापक्ष तथा प्रतिपक्ष दलका नेताहरुले सरकारको विरोध जनाउन थालेपछि देशकै कुनै जासुसको आड भरोसामा उनीहरुले आन्दोलनलाई थप विध्वंशका रुपमा उतारे । सो घटना हेर्दा सबैको मन रुन्छ । मन नरुने को होला?

मुलुकभर जेनजी आन्दोलन चर्किँदै गएको बेला नेपाली सेनाले प्रत्यक्ष रूपमा अघि बढ्ने संकेत देखाएको छ। प्रधानसेनापति अशोकराज सिग्देल केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन्। सेनाले यसअघि विज्ञप्ति जारी गर्दै आन्दोलनकारीलाई संयमित हुन, सार्वजनिक सम्पत्ति जोगाउन र राष्ट्रिय एकतालाई प्राथमिकता दिन आग्रह गरेको थियो। तर आन्दोलन नियन्त्रणबाहिर जाँदै गर्दा सेनापतिको सम्बोधनलाई मुलुकको आगामी दिशा निर्धारण गर्ने कदमका रूपमा हेरिएको छ।

राजनीतिक नेतृत्व दबाबमा परेको र सुरक्षाकर्मीले अवस्था नियन्त्रण गर्न नसकेको सन्दर्भमा सेनाको भूमिकाबारे बहस चर्किएको छ। सम्बोधनमा सेनापतिले “मुलुकको रक्षा र जनताको सुरक्षा” सम्बन्धी स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेपछि मुलुक संवेदनशील मोडमा पुगेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीदेखि राजनीतिक दलसम्म सबैलाई संयमित हुन आग्रह गरेका छन्। राष्ट्रपतिले लोकतन्त्रमा उठेका जायज मागलाई वार्ता र संवादमार्फत सम्बोधन गर्न सकिने भन्दै जेनजी पुस्ताका प्रतिनिधिसमेत वार्तामा आउनुपर्ने आवश्यकता औंल्याएका छन्।

“देश, जनता र लोकतन्त्रलाई माया गर्दै शान्तिपूर्ण समाधानका लागि सबै पक्षको सहयोग आवश्यक छ,” पौडेलले भनेका छन्। उनी आशावादी छन् कि राजनीतिक नेतृत्व, आन्दोलनकारी र नागरिक समाजबीचको संवादले मात्र वर्तमान संकटको दीर्घकालीन समाधान निकाल्नेछ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *