काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडे धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । धरौटीमा छाड्ने आदेश दिएको हो।
सामाजिक सञ्जालमार्फत एक महिलामाथि गालीगलौज गरेको आरोपमा उनी बुधबार प्रहरीद्वारा पक्राउ परेका थिए। अनुसन्धानका लागि अदालतले प्रारम्भिक रूपमा चार दिनको म्याद थपेको थियो।
पेशा अनुसार वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। त्यसपछि २०८० सालमा रास्वपा सरकारमा सहभागी हुँदा उनी राष्ट्रिय योजना आयोगको सदस्य समेत नियुक्त भएका थिए।




