काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको भागमा परेको पाँच मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्। शपथग्रहण आज साँझ ४ बजे निर्धारित गरिएको छ।
स्रोतका अनुसार, कञ्चनचन्द्र वादेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुरेश श्रेष्ठलाई युवा तथा खेलकुद, उर्मिला नेपाललाई सामाजिक विकास, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, र विनु रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ। विनाविभागीय शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने चर्चा भए पनि अन्तिम हेरफेर सम्भावना रहँदैछ।
कांग्रेसबाट कृष्णकुमार तामाङ पहिले नै खानेपानी मन्त्री भइसकेका छन्। एमालेतर्फका ६ मन्त्री नियुक्त भइसकेका छन् भने, कांग्रेस नेता बहादुरसिंह लामाले सिफारिस गरेका ३ नाम भने यस पटकको सूचीमा परेनन्।
मुख्यमन्त्री बानियाँ साउन २० गते पदमा नियुक्त भएका थिए र साउन २७ गते विश्वासको मत प्राप्त गरेका थिए।
मन्त्री परिषद् पूनर्गठन तथा बिस्तार एवम् कार्य बिभाजन :
(१) मा. इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
(२) मा. मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
(३) मा. शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
(४) मा. किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय
(५) मा. उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय
(६) मा. कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय
(७) मा. डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
(८) मा. प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
(९) मा. भरतबहादुर के.सी. मन्त्री, वन तथा वातावरण मन्त्रालय
(१०) मा. सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय
(११) मा. जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
(१२) मा. कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय
(१३) मा. विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
(१४) मा. विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय




