राजनीति

गृहमन्त्री लेखकको सचिवालयद्वारा रास्वपाको आरोप खण्डन

काठमाडौँ ।गृहमन्त्री रमेश लेखकको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्कीले लगाएको आरोप असत्य र मनगढन्ते भएको भन्दै खण्डन गरेको छ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले गृहमन्त्रीकै कार्यकक्षमा न्याय परिषद्मा दर्ता भएको उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि सचिवालयबाट पठाइएको आरोप लगाएकी थिइन्।

सचिवालयले शुक्रबार जारी विज्ञप्तिमा रुपन्देही जिल्ला अदालतमा मुद्दा पेशी चढेको दिन गृहमन्त्रीको कार्यकक्षमा उजुरी तयार भएको र सचिवालयबाट प्रतिलिपि पठाइएको दाबी कपोलकल्पित भएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “सम्मानित अदालतलाई प्रभावित गरियो भन्ने अभिव्यक्ति पूर्णत: भ्रामक र तथ्यहीन हो। माननीय गृहमन्त्रीज्यूमाथि गलत मनसायले गरिएको दोषारोपणको हामी खण्डन गर्दछौँ।”

सचिवालयका अनुसार गृहमन्त्री र सचिवालय अदालत तथा न्याय परिषद् जस्ता निकायको स्वतन्त्रता र मर्यादाप्रति संवेदनशील छन् र यस्ता कार्य भएको, हुनै नसक्ने तथा भविष्यमा पनि नहुने विश्वास दिलाइएको छ।

विज्ञप्तिमा भनिएको छ-

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *