नेपालगंज । बाँकेमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आइबार बिहान पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ठक्करबाट ५२ वर्षीय भूमि लामिछाने र उनका ५ वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश कार्कीले जानकारी दिएका छन् । दुर्घटनामा मृतक भूमिकी पत्नी सीता लामिछाने र अर्का स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्।
उनीहरूको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेका प्रहरीले जनाएको छ।




