काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पुर्पक्षकै थुनामा रहने भएका छन्।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार लामिछानेको जमानत माग खारेज गर्दै थुनामै राख्ने आदेश दिएको हो।
लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका छन्। यसअघि, गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
१९ साउनमा लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरिसकेको उल्लेख गर्दै जमानतमा रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। तर, अदालतले उक्त माग अस्वीकार गर्दै उनलाई थुनामै राख्ने निर्णय सुनाएको हो। यससँगै लामिछाने भैरहवा कारागारमैँ हुनेछन् ।




