काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बैठक बहिष्कार गरिरहेका रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का सांसदहरूको खातामा बैठक भत्ता गएको छ कि छैन भनेर प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै शर्माले आफू सगरमाथा आधार शिविर (बेस क्याम्प) गएको बेला २१ दिनसम्मको संसद बैठक भत्ता नलिएको उल्लेख गर्दै भने, “मैले पत्रमार्फत २१ दिन संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएको थिएँ। त्यसैले म अनुपस्थित रहेको अवधिको भत्ता मेरो खातामा जम्मा भएको छैन।”
तर, रास्वपाका सांसदहरू बैठक बहिष्कार गरिरहेकामा पनि उनीहरूका खातामा नियमित रूपमा भत्ता जानु नैतिकताको विषय भएको उनको भनाइ छ। उनले प्रश्न गरे, “आज जनताको करको पैसाप्रति गरिमा राख्दै संसद बहिष्कारमा बस्दा भत्ता लिने कि नलिने भन्ने प्रश्न उठ्छ। के जनताले तिरेको करको सम्मान गरिएको छ?




