देश

बागमतीमा इन्द्रबहादुर बानियाँको मुख्यमन्त्रीमा दाबी, एमालेको समर्थन

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।

सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख दीपक देवकोटालाई नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियासहित पुगेर बानियाँले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाले स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएपछि नयाँ सरकार गठनको आह्वान भएको हो ।

यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले राजीनामा दिएका हुन् । मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलमा निर्वाचित बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुलेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *