राजनीति

नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक झगडा र इगो हठ, अध्यक्ष रञ्जिताबाट सांसद गंगाराममाथि २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक विवाद झनै चुलिएको छ। संरक्षक रेशम चौधरी पक्षधरले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको घोषणा गरेको केही दिनमै अध्यक्ष श्रेष्ठले सांसद गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेकी छिन्।

रञ्जिताले बिहीबार चौधरीलाई पठाएको पत्रमा पार्टीको हितविपरीत र राजनीतिक दलसम्बन्धी ऐन तथा पार्टी विधान उल्लङ्घन गर्दै काम गरेको आरोप लगाइएको छ। विशेष गरी उनले बैठक बोलाउने प्रक्रिया लगायतका कामहरू पार्टी नियम विपरीत गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन सकिने चेतावनी दिएकी छिन्।

केही दिन अघि मात्र श्रेष्ठले स्वास्थ्य समस्या देखाउँदै शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। तर चौधरी पक्षले उक्त निर्णयलाई अस्वीकार गर्दै श्रेष्ठलाई नै अध्यक्ष पदबाट हटाएको घोषणा गरिसकेको छ।

पार्टीमा दुई पक्षबीचको शक्ति संघर्ष खुल्ला रुपमा देखिन थालेको छ, जसले आगामी दिनमा थप विभाजनको संकेत दिएको छ।1

2

3

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *