देश

सत्ता गठबन्धनभित्र रणनीतिक छलफल: ओली–देउवा भेटमा मन्त्री हेरफेर र बागमती सरकार एजेन्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

बिहीबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा नेकपा (एमाले) र कांग्रेसका शीर्ष नेताहरू सहभागी भएका छन्। स्रोतका अनुसार, छलफलमा समसामयिक राजनीतिक अवस्था, मन्त्रिपरिषद पुनर्गठन तथा बागमती प्रदेश सरकारको विषयमा कुराकानी भइरहेको छ ।

प्रधानमन्त्री ओलीसहित एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी छन् ।कांग्रेसतर्फबाट सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् ।

सत्ता साझेदारीको कार्यान्वयन, मन्त्रालय हेरफेर, तथा आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल भइरहेको नेताहरूले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *