देश

गिरीबन्धुको चिया बगानमा फेरबदल भए जग्गा सरकारको हुने भूमि मन्त्रीको चेतावनी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गिरीबन्धु टी–इस्टेटलाई दिइएको चिया बगानको जमिन अन्य प्रयोजनमा प्रयोग भएमा त्यो स्वतः सरकारको स्वामित्वमा फर्किने बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले चिया खेतीबाहेकको प्रयोगले कानुनी रूपमा जग्गा फिर्ता हुने प्रावधान स्पष्ट पारे।

“उक्त जमिन चिया बगानका लागि दिइएको हो,” उनले भने, “यदि त्यस प्रयोजनमा प्रयोग भएन भने त्यो स्वतः सरकारको हुनेछ, हदभित्रको भागमात्र उसको हुन सक्छ।”

बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२’ मा परेका संशोधनबारे सांसदहरूसँग छलफल भइरहेको थियो। मन्त्री अधिकारीले चिया बगान जस्तो विशेष प्रयोजनका लागि दिइएका जग्गामा अनुशासन नअपनाइए कानुनी कारबाही हुने संकेत पनि दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *