राजनीति

पूर्वराष्ट्रपति विद्याको पक्षमा खुलेका पोखरेल मौन , एमालेमा ओलीकै राज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एकदमै सक्रिय हुने नेता ईश्वर पोखरेल यसपटक भने चुपचाप देखिए। पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनमा रोक लगाउने निर्णय गर्दा पोखरेलले न त समर्थन गरे, न विरोध। सुरुमा धारणा राख्ने इच्छा देखाए पनि अन्तिममा उनी मौन बस्नुले अनेक प्रश्न उठाएका छन्।

विद्याको पुनरागमनमा खुलेर लागेका पोखरेल यसअघि अध्यक्ष ओलीको कार्यशैलीको आलोचक बनेका थिए। तर अब उनी ओली क्याम्पमा फर्किएका त होइनन् भन्ने चर्चा चुलिएको छ। खासगरी उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले लिखित असहमति जनाउँदा पनि पोखरेलको मौनता झन् गहिरो संकेत बनेको छ।

स्रोतका अनुसार, बैठक अघि पोखरेलले ओलीसँग भेटेर वरिष्ठ उपाध्यक्ष पद हटाइएकोमा असन्तोष व्यक्त गरेका थिए। जवाफमा ओलीले उमेर हदको कारण देखाएका थिए। तर, पोखरेलले न त त्यसमा खुला असहमति जनाए, न त समर्थन – उनी ‘बीचको लाइन’ खेल्न खोजिरहेको आभास दिएको छ।

बैठकमा बोल्न नपाएका अर्का नेता कर्ण थापाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्। यसले एमालेभित्र गहिरिंदो असन्तुष्टिको संकेत दिन्छ।

अब ठूलो प्रश्न के छ भने– के पोखरेल अझै विद्याको पक्षमा उभिन्छन् त ? वा चुपचाप ओली क्याम्पमा विलीन हुनेछन्? जवाफ समयले दिनेछ, तर मौनता यहाँ अर्थपूर्ण देखिन्छ। नेकपा एमालेभित्र ओलीको नेतृत्वशैलीकाे विषयमा प्रश्न उठाउने नेताहरु थुप्रै छन् । तर ओलीले कारबाही गर्ने डर अहिले पार्टीमा सचेत रहन थालेको बुझिएको छ । एमालेले भण्डारीको सदस्यता समेत खारेज गरेपछि अब विद्या मौन नबस्ने बुझिएको छ ।

विगतमा पार्टी सदष्यता नविकरन गरिदिने तर पछि एमालेमा नेतृत्व परिवर्तनको आकांक्षा बोकेर अघि बढेपछि उनलाई एमाले प्रवेश रोक लगाएपछि अब कानुनी उपचार खोज्ने पक्षमा छिन् भण्डारी । एमालेले ओलीलाई नै तेस्रो कार्यकाल नियुक्ति गर्ने प्रतिवद्धता जनाउदैँ अगाडी बढेपछि ओलीले पार्टीको निर्णयको स्वागत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *