राजनीति

पूर्वराष्ट्रपतिको राजनीतिमा पुनः प्रवेश गर्ने विषयमा उचित समयमा पार्टीले निर्णय गर्छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्ने सम्भावनालाई ूगम्भीर विषयूका रूपमा लिएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्युरो बैठकमा बोल्दै ओलीले उक्त विषयमा पार्टीले आवश्यक निर्णय लिने स्पष्ट पारे। “राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक बनेको व्यक्तिले फेरि राजनीतिमा आउँछ भन्ने कुरा गम्भीर छ,” ओलीले बैठकमा भने।

उनले यसबारे पार्टीले उचित समयमा स्पष्ट निष्कर्ष निकाल्ने र आवश्यक निर्णय लिने उल्लेख गरे।

स्रोतका अनुसार ओलीले यसअघि बसेको सचिवालय बैठकमा पनि यही विषयमा चिन्ता व्यक्त गरेका थिए।

पूर्वराष्ट्रपति भण्डारीले हालसालै राजनीतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन थालेसँगै उनको संभावित राजनीतिक पुनरागमनबारे चर्चा चुलिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *