राजनीति

राष्ट्रपतिद्धारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् ।

सोमबार शीतल निवासले एक विज्ञप्ति जारी गरी संविधानको धारण ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले ‘आर्थिक वर्ष २०८२र८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ गरी तीन विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले तीन विधेयकहरू संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेस भएका प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएको जानकारी दिइन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *